विराटनगर ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रनामनि अरुणकुमार बिसीले १ नं. प्रदेशका जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फेन्स मार्फत स्थानिय तहको निर्वाचन २०७९ सम्बन्धीआवश्यक निर्देशन दिएका छन् ।
बिहीवार (आज) प्रदेश प्रहरी प्रमुखले स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा समग्र सुरक्षा व्यवस्थापन सम्बन्धी निर्देशन दिएका हुन् ।
उनले मतदान अघि, मतदानको दिन र मतदानपछि प्रहरीले सम्पादन गर्नु पर्ने भुमिका र निर्वाचन सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको प्रहरीबाट त्रुटि रहित आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने कुरालाई ध्यानमा राखेर काम गर्नुपर्ने समेत निर्देशन दिएका छन् ।