झापा । 

बैशाख ३० गते देशैभर हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी थालेका छ ।  झापामा रहेका १५ पालिका अन्र्तगतका एकसय ३१ वडामा निर्वाचन कार्यालय झापाले निर्वाचन अधिकृत तोकेर तयारी थालेको हो । 

निर्वाचनका लागि मतदाता परिचयपत्र वितरणसहित बुथ निर्माण र ब्यवस्थापनको कार्य गरिरहेको छ । सोही क्रममा कनकाई नगरपालिका वडा नं. ८ स्थित लक्ष्मीपुरको हिमाली माविमा मतदाता परिचयपत्र वितरण र बुथ ब्यवस्थापनको कार्य शुरु गरिएको  उक्त बुथकी निर्वाचन अधिकृत जानुका रेग्मीले बताइन् । 

४ वटा बुथ रहने उक्त स्थानमा बुथ (क) मा जानुका रेग्मी, बुथ (ख) मा रविन्द्रकुमार शर्मा, बुथ (ग)  टीकाराम पौडेल र बुथ (घ) मा किरण खरेल निर्वाचन अधिकृत रहेको छन् । उक्त ४ वटा बुथमा ३ हजार २ सय १४ मतदाताले भोट खसाल्ने निर्वाचन अधिकृतहरुले जनाएका छन् । निर्वाचन अधिकृतहरुका अनुसार बुथ (क) मा ७८४, बुथ (ख) मा ७८४, बुध (ग) मा ८१२ र बुथ (घ) मा ८३४ जना मतदाताले भोट गर्न सक्नेछन् । 

दलहरुका तर्फबाट प्रत्येक बुथमा एक÷एक जना र स्वतन्त्रका तर्फबाट करिव एक जना प्रतिनिधि राखिने जनाइएको छ ।