मेचीनगर ।
नेकपा एमालेको तर्फबाट मेचीनगर मेयरका उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतलिय बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताएका छन् ।
मेचीनगर–६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेयर पदका प्रत्यासी उम्मेद्रवार बुढोथोकीले साँघुरो बसपार्कका कारण साना–ठुला सवारी साधन तथा व्यापारिक भवनहरु नभएकाले पनि बहुतलिय बहुउद्देश्य बसपार्क बनाउन प्रयत्न गरिने बताएका हुन् ।
‘काँकरभिट्टा बजार अन्तराष्ट्रिय नाका भएकोले विगतमा यस विषयमा छलफलहरु भएका छन्’ बुढाथोकीले भने ‘५, ७ वा १० तलासम्मको आधुनिक बहुउद्देश्य बसपार्क बनाउन सके मेचीनगरलाई समृद्व नगर बनाउन सकिनेछ ।’ उनले मेचीनगर नगरपालिकाका प्रथम मेयर रविन कोइरालाको पालामा यस विषयमा कुरा उठेको बताए । सो योजनालाई सम्भव भएसम्म कोशिस गरिने उनले बताए ।