लक्ष्मीपुर ।
बिद्यार्थी जीवन कालदेखि राजनीतिकमा आवद्ध रहेकी सुशिला गिरीले अर्जुनधारा नगरपालिका वडा नं. ११ बाट महिला सदस्य पदमा उम्मेद्वारी दिएकी छिन् ।
बिद्यार्थी कालदेखि नै नेकपा एमालेका बिभिन्न भात्रृ संगठनमा रहेर कुसलता पूर्वक आफ्नो जिम्मेवारी पूरा गरिसकेकी गिरीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सदस्य पदको लागि उम्मेद्वारी दिएकी हुन् ।
२०७५ सालमा नेकपा एमालेको पार्टी सदस्य प्राप्त गरिसकेकी गिरी अनेम संघ वडा नं. ११ की अध्यक्षमा रहेर समेत कार्यसम्पादन समेत गरिसकेकी छिन् । महिलाहरुले अधिकार मागेर होइन आफ्नो क्षमता देखाएर लिनुपर्ने सोचले उम्मेद्वारी दिएको उनको भनाई छ ।
गिरीले आफु बिजयी बने महिलाहरुका हकअधिकारका बिषयमा वडाका महिलाहरुमा जनचेतना जगाउँने बताइन् । उम्मेद्वार गिरी नेकपा एमालेको वडा कमिटी सदस्य हुँदै हाल नगर कमिटी सदस्य रहेकी छिन् । केही समय अघि गिरीले प्राथमिक बिद्यालयको शिक्षिकाको रुपमा समेत काम गरिसकेकी छिन् ।