सप्तरी ।

राष्ट्रिय सूचना आयोग स्थापना दिवसको अवसरमा राष्ट्रिय सूचना आयोगले गत बिहिवार उपराष्ट्रपति कार्यालयको सभाहल लैनचौरमा आयोजना गरेको बिनय कजसु उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ वितरण कार्यक्रममा सप्तरीको सप्तकोशी नगरपालिका  ११ निवासी कैलाश माझी नगदसहित पुरस्कृत भएका छन् ।

नगरिकको सुसुचित हुने सूचनाको हकको संरक्षण, सम्ब्रधन र प्रचलन गराउँन माझीले खेलेको भूमिका र योगदानको कदर गर्दै आयोगले सूचना आयोगको स्थापना दिवसको अवसरमा उपराष्ट्रपति नन्दवहादुर पुनले उनलाई पुरस्कृत गरेका हुन् ।

नेपालको संविधानले मौलिक हकको रुपमा स्थापित गरेको सूचनाको हक पाउने अधिकार तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को धारा २७ को सफल कार्यान्वयन गराउन विभिन्न सरकारी र गैरसरकारी निकायमा सुचनाको माग गरेको कारण विभिन्न सार्वजनिक निकायले सूचना नागरिकलाई दिनुपर्छ भन्ने मान्यता पछिल्लो समय स्थापित भएको बेला सूचनाको हकलाई नागरिक समक्ष पुर्याउने अतुलनीय योगदानलाई कदर गर्दै राष्ट्रिय सुचना आयोगले विनय कसजुलाई उत्कृष्ट सुचना अभियान्ताको रुपमा पुरस्कृत गरेको हो।

माझीसँगै आयोगले आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट चार जना सुचना अभियन्ता र ५ जना उत्कृष्ट सूचना अधिकारीहरुलाई पनि पुरस्कृत गरेको छ । त्यसै गरि आयोगले आफ्नै कार्यालयका उपसचिव विश्वबन्धु पौडेल,शाखा अधिकृत डिल्लीराम भट्ट र नासु हेमन्त रिज्याललाई उत्कृष्ट कर्मचारी ०७९ बाट पुरस्कृत गरेको छ ।

पुरस्कृति भएका सूचनाको हकको अभियन्ता माझीले यो पुरस्कार बाट आफु  सम्मानित हुँदाअझ थप जिम्मेवारीका साथ काम गर्ने उर्जा मिलेको बताए छन् । अब आउँने दिनहरुमा पनि नागरिकलाई सुसुचित हुने सूचनाको हकको संरक्षण, सम्बद्र्धनमा कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धता माझिले जनाएका छन्।