बिर्तामोड ।

भातृसंगठन राष्ट्रिय कर्मचारी संगठन दुग्ध विकास संस्थानका केन्द्रिय सदस्य ओमकार खरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी खरेल शुक्रवार एमालेमा प्रवेशगरेका हुन् । संस्थान राष्ट्रिय समितिको केन्द्रिय सदस्यसमेत रहनु भएका खरेल वडा नम्बर ७मा आयोजना गरीएको चुनावी प्रचार अभियान अन्तर्गतको कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । 

खरेललाई राष्ट्रिय सभाका पुर्वसदस्य हरिचरण शिवाकोटी, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद एकराज कार्की, नेकपा एमाले बिर्तामोड नगरकमिटिका इञ्चार्ज देवराज कार्कीले नेकपा एमालेमा स्वागत गरेका थिए ।