ईलाम । 

ईलामको सुर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडेर एक जनाको मृत्यु भएको छ । 

विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरेर घाईते भएका वारा जितपुर नगरपालिका–५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा वुधवारे स्थित सिटि हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका बिषयमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।