झापा ।
झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ति स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको को २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा सडकको छेउमा रोकि राखेएको ना.६ ख।
९०७९ नम्बरको ट्रकमा ठक्कर लागि दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक उर्लाबारी नगरपालिका–७ का ५६ बर्षीय बुद्धकान्त सुबेदी गम्भिर घाईते भएका थिए । घाईते भएका सुबेदीको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।
ट्रक चालक सुन्दरहरैचा–६ का ३१ बर्षीय हर्क बहादुर दर्जी ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ छ घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।