झापा । 

 झापाबाट डाका मुद्दाका र झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्धाका फरार ब्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा डाका मुद्दाका फरार बुद्धशान्ति गाउँपालिका वडा नं. ७ का ३३ बर्षिय अञ्जु तामाङ भन्ने अजय तामाङ र झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्धाका फरार बिर्तामोड–५ का ४१ बर्षिय शुसान्त चौधरी भन्ने शुसान्त कर्मकार पक्राउ परेका हुन् । 

झापा जिल्ला अदालतको मिति २०६८/१०/१५ गतेको फैसला बमोजिम डाका मुद्धामा फरार रहेको तामाङ र सर्बोच्च अदालतबाट मिति २०६९/०६/१६ गते सदर गरी भएको फैसला बमोजिम झुटा बिबरण पेश गरी नागरिक्ता लिन खोजेको मुद्धामा फरार रहेकाका कर्मकारलाई झापाको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान गरी कैद सजाय कार्यन्वयनका लागि पठाइने झापा प्रहरीले जनाएको छ ।