संखुवासभा ।
संखुवासभाको मादी मुलखर्क नगरपालिका–३ का टिकाराम बिश्वकर्माको ६ बर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालकककै आमाले देखेर तत्काल उद्धार गरी मादी क्लिनिकमा लगिकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोलीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहदेश प्रहरीले जनाएको छ ।