अर्जुनधारा । 

अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बनेका बलदेव गोम्देन तामाङले  जित सुनिश्चित रहेको बताएका छन् । 

गोम्देनले अर्जुनधारा वडा नं. २ मा भएको चुनावी कोणसभामा अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बताएका हुन् । 

उनले अर्जुनधारालाई समृद्ध र नमुना नगर बनाउनका लागि एमालेको बिकल्प नरहेको दावी गरे । आफु नेतृत्वको जनप्रतिनिधिले विजय भए पश्चात हर गाउँ हर ठाउँमा समान समाबेशी बिकासको योजना ल्याउने बताए ।

चुनावी अभियान अन्र्तगत अर्जुनधाराको २ नम्बर वडाका बिभिन्न स्थानमा भएका कोणसभामा उपमेयर पदकी उम्मेदवार खड्गमामा पराजुलीले पनि अर्जुनधाराको विकासका लागि नेकपा एमालेका उम्मेदवारहरुको विकल्प नरहेको बताइन् । 

चुनावी अभियानका क्रममा २ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार तुलसी खतिवडा, सदस्य पदका उम्मेदवारहरु प्रेम उपरकोटी, शर्मिला सुब्बा, बल बहादुर समाल र विमला रोक्काले पनि जनता समक्ष आफुहरुलाई विजयी गराइदिन आग्रह गरेका थिए ।