अर्जुनधारा ।
स्वच्छ समाजका लागी सामाजिक अभियान अर्जुनधारा नगरपालिका वडा नं. ११ ले एक अतिविपन्न परिवारलाई बिभिन्न सामाजिक ब्यक्तित्वहरुको सहयोगमा घर निर्माणपछि हस्तान्तरण गरेको छ ।
अभियानको अगुवाईमा श्रमिकटोल सतार बस्तिकी कि ९६ बर्षिया बृद्धा चम्पुकुमारी हेमरमलाई घर निर्माणपछि हस्तान्तरण गरिएको हो ।
बृद्धा हेमरम र एक नातिनीसहित दुई जना बस्तै आएकी थिइन्। नातिनी स्कुल पढदै गरेकी र आफु काम गर्न ननसक्ने भएपछि सहयोगी तथा आफन्तले दिएको खाद्यान्नले जिबिका चलाउदै आएकी बताइन् ।
हेमरमको पानी नछेल्ने पराले छानो सधै चुहुने र रातभर जागा बस्ने गरेको र अब बर्खा लाग्न लागेकोले कसरी बस्ने चिन्ता रहेको थियो । हेमरमले सामाजिक अभियन्ता गणेश ढुंगानालाई भेटिन र दुङ्गाना कै नेतृत्वमा सहयोगी मनका धनी अर्जुनधारा ११ हाल अमेरिका निवासी अरुणकुमार डाँगी, बिर्तामोडका गणेश भट्टराई, रिता भट्टराईबाट ३१ हजार सात सय आर्थिक सहयोग जम्मा भएपछि उनको घर निर्माण भएको हो । संकलित उक्त रकमबाट टिन र बासको टाटी लगार्इ निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्थानीय सामाजिक ब्याक्तित्व दधिराम उप्रेती, तीर्थबहादुर राई, मोहन प्रसाई , रुपेन फागु, सञ्चारकर्मी बिजय बराल लगायतले सहयोगी दाताहरुलाई आ–आफ्नो भनाई राखेका थिए ।
स्वच्छ समाजका लागी सामाजिक अभियानका अध्यक्ष गणेश ढुंगानाको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण रन्जित परियारले गरेका थिए ।