बिर्तामोड ।

बिर्तामोड नगरपालिका वडा नं. ७, ८ र ९ गठबन्धनले चुनावी प्रचारप्रसारलाई तिब्र बनाएको छ । सोही अवसरमा गठबन्धनका उम्मेद्वारलाई मत दिएर जिताउनेको संख्या दिनानुदिन बढिरहेको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कार्यबाहक अध्यक्ष जेबी जबेगुले जानकारी दिएका हुन् । 

आज(सोमवार) भएको वडाको घरदैलो  अभियानमा मतदाताको बाक्लो उपस्थिति रहेको जनाइएको छ । मतदाताहरुको बुझाई र भनाईको बिषयमा आज अनुगमन समेत गरिएको जनाइएको छ ।

अनुगमन टोलीमा  नेपाली काङ्ग्रेसको १ न. प्रदेशका सभापति उद्दव थापा, नेकपा माओवादीका प्रदेश कमिटी सदस्य  कुबेर श्रेष्ठ लगायत गठबन्धनका  जिल्ला नेता  र नगर पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । अनुगमन टोलिले बिर्तामोडको वडा नं. ७, ८ र ९ अनुगमन गरेको थियो ।  

ggg