- चन्द्र बस्नेत
सुरुङ्गा ।
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइएको छ ।
एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि आज विभिन्न सघ सस्थाहरुले सेवामूलक काम गरेर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाएका छ्न् ।
यसैबीच , झापाको सुरुङगा जेसीजले पनि यो वर्षको अन्तर्राष्ट्रिष्य श्रमिक दिवस कनकाई नगरका अति विपन्न २ जना मजदुरलाई १ महिना भन्दा धेरै पुग्ने खाध्य सामाग्री उपलब्ध गराई मनाइएको छ ।
कनकाई नगरपालिका भित्रका अति विपन्न २ जना मजदुर वडा नस १ का लालबहादुर अधिकारी र वडा नस २ का गोपाल लिम्बुलाई १ महिना बढी पुग्ने खाद्यान्न सामाग्री उपलब्ध गराई दिवस मनाईएको कार्यक्रम सयोजक पुर्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वतन्त्र मजदुर युनियन कनकाइ का अध्यक्ष धन बहादुर बोगटीको प्रमुख आतिथ्य रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि बोगटीले अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट वञ्चित छन् । संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएको भन्दै मुलुकभित्रै रोजगारीको वातावरण बनाउन र विदेशिएका युवालाई स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।
उनले जेसिजको नेतृत्व समालेका यस्ता संघ÷संस्थाहरुले गरेको कार्यलाई सबैले एउटा सिकाईको रूपमा लिदै हामीसबैले मजदुरहरुको सम्मान गरे मात्रै मजदुरहरुको आत्मा वल बड्ने धारणा राखे ।
विसं २००७ को राणा शासनविरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२÷६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ । संविधानमा श्रम–एजेण्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ । संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ ।
कार्यक्रममा अधिकास वक्ताहरुले विभिन्न जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गर्न आवश्यक रहेकोे औल्याएका थिए ।
पछिल्लो समय नेपालमा औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको त छ तर पनि श्रमिक अधिकारका विषय संविधानमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको जेसीजको ठहर छ । संविधानले सामाजिक सुरक्षाको हक, रोजगारीको हकको प्रत्याभूति गरेको छ ।
अध्यक्ष न्यौपानेले वर्षमा एकदिन मात्रै भन्दा पनि उहाँ हरुजस्तालाई विभिन्न सघ ( सस्था लगायत सरकारले पनि मजदुरको स्वास्थ्य विमाका साथै रोजगारीको व्यवस्था गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिए ।
सुरुङगा जेसीजले यस अघि पनि सामाजिक गतिविधिका कामलाई तिब्रता दिदै आएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको हो । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।
जेसीजले सामाजिक कार्य अन्र्तगत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रोहित कोइरालाले जानकारी दिए ।
जेसीजले तालिम हलको समेत उदघाटन गरेको छ । सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
गएको वर्ष कोरोनाले विश्व नै आक्रान्त भएपछि यस्ता भिडभाड जन्य कार्यक्रम माथि सरकारले बन्द नै गरेको थियोे । तर यो वर्ष भने कोरोना महामारी कम भए सगै सरकारले पनि सबै छेत्रमा प्रतिबन्ध फुकुवा गरे पछि स्वास्थ्य मापदण्डको पालना गर्दै पर्वहरु मनाउदै आईएको छ।
कार्यक्रममा नेपाल रेड्क्रश सोसाइटी उप शाखा सुरुङ्गाका नि वर्तमान सभापति प्रबिन तिमल्सिना, रोटरी क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सुसिल कुमार श्रेष्ठ , टिकाराम भन्डारी (सुदिप( विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालान महासचिव राजुु पाठकले गरेका थिए ।