बिर्तामोड । 

 झापाको बिर्तामोड नगरपालिकाका गठबन्धनको उम्मेद्वारले घरदैलो अभियानलाई तिब्र पारेका छन् । 

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बिच बिर्तामोड नगरपालिकामा भएको गठबन्धनका नगर प्रमुखका उम्मेद्वार भोजराज सिटौला, उपप्रमुखका उम्मेद्वार सीपी कडरियासहित बिर्तामोड–९ का उम्मेद्वाले शनिवार पनि घरदैलोलाई निरन्तरता दिएका हुन् । 

आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि झापाभर गठबन्धनका उम्मेद्वार, पार्टीका नेता तथा कार्यकर्ताले आ–आफ्नो पार्टीको प्रतिवद्धतासहित घरदैलो अभियान जारी राखेका छन् ।