मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–६ बाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर–११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर–१२ का २२ बर्षीय पवन रविदास रहेका छन् ।
वडा प्रहरी कार्यालय (क) बिराटनगरको प्रहरी टोलीले बिराटनगर–६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई समान सहित पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्वर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनीहरुले चोरी गरेको खुलेको छ । सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जनाएको छ।