बिराटनगर । 

खोटाङ र मोरङको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लागेर  दुई जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ खोटाङका ३६ बर्षीय भिमबहादुर बिकलाई स्थानिय रुपेश बजिमय र अर्जुन केसीको घरमा काठको काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर घाईते भएका थिए । 

घाईते बिकलाई तत्काल उपचारको लगि जिल्ला अस्पताल खोटाङ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।  मोरङको केराबारी गाउँपालिका–८ स्थित महादेव क्रसरका कामदार स्थानिय २३ बर्षीय टंक लिम्वुलाई क्रसरमा रहेको इनारबाट मोटरले पानी तान्ने क्रममा करेन्ट लागेर घाईते भएकोमा तत्काल उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा अस्पताल पुर्‍याउना साथ लिम्वुको मृत्यु भएको हो ।

घटना बिषयमा प्रहरीबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।