तेह्रथुम ।
तेह्रथुमको लालिगुरास नगरपालिका –४ बसन्तपुरबाट लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टुटे देउरालीका ३० बर्षीय राम गुरुङ रहेका छन् । बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना.४ ख ९२१० नम्वरको यात्रुबहाक बसको बनोटमा लुकाई छिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागू औषध ब्राउनसुगर सहित पक्राउ परेका गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले थप अनुससन्धान गरिरहेको प्रहरीले जनाएको छ ।