झापा ।
झापाको मेचीनगरनगरपालिका वडा नं.६ बाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.७ मधुमल्ला बजारका ३५ बर्षिय सुरेश लावतीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
लावतीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध Lupigesic–२७ एम्पुल, Diazepam–२७ एम्पुल, Phenergan–२७ एम्पुल गरी जम्मा ८१ एम्पुलसहित फेला परेकोले नियन्त्रणमा लिएर इप्रका काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।