सुनसरी ।
सुनसरीको हरीनगरा गाउँपालिका–४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीवार आज दिउँसो ११ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाईकल चालक स्थानीय ४९ बर्षीय प्रदिप साह घाईते भएका थिए । घाईते भएका साहलाई उपचारको लागि नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालक बिराटनगर–१ का ३३ बर्षीय मोहमद रेम अंसारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।