झापा ।

झापाको बिर्तामोडबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–३ घर भई  बिर्तामोड ४ को  सयपत्री मार्गमा डेरागरी बस्ने २६ बर्षिय प्रमोद शाह र मेचीनगर १ का ३९ बर्षिय ओम चौधरी बिर्तामोडको एक होटलबाट पक्राउ परेका हुन् । 

शाहको कोठाबाट २ ग्राम ३०० मिलि ग्राम, नगद ११ हजार ५४० रुपैयाँ , स्क्रिन टर्च मोबाईल ५–थान, सादा मोबाइल सेट २ थान गरी जम्मा –७ वटा मोबाईल सेट सहित पक्राउ परेका हुन् भने चौधरीको साथबाट लागुऔषध ब्राउन सुगर ९ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कको  प्रहरी टोलीले गोप्य सुचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका शाह र चौधरीको इप्रका अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।