सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निबाउने क्रममा एक जनाको मृत्यु भएको छ ।
स्थानिय ७० बर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कीदा घाईते भएका थिए । घटनाको जानकारी प्राप्त हुँनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिगई तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।