मोरङ ।
मोरङको बुढिगंगा गाउँपालिका–३ कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २२६६ नम्बरको कारले पूर्वबाट हाईवेतर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँई दुर्घटना हुँदा मोटरसाईकल चालक बुढिगंगा–२ बगवनका ३० बर्षीय शोभा राजवंशी घाईते भएका थिए ।
घाईते भएका राजवंशीको उपचारको लागि बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालक धनुषा जनकपुर–७ का २९ बर्षीय शैलेन्द्रप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।