मोरङ । 

मोरङको रतुवामाई नगरपालिका–३ बाट नेपाल भारत सिमा छेउबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका –४ का ५३ बर्षीय खड्गबहादुर सिलवाल रहेका छन् ।  प्रहरी चौकी महादेवाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको  बा ७६ प ४६९७ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६८८ ग्राम ८८ मिलिग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिईएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका सिलवानको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।