मेचीनगर । 

आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा तीन सय ३८ जनाले उम्मेद्वार दर्ता गराएका छन् । त्यसमध्ये मेयरमा १० र उपमेयरमा ८, वडाध्यक्षमा ८७ जनाले उम्मेद्वारी दर्ता गराएका छ्न्।

मेचीनगरको मेयरमा गठबन्धनको तर्फबाट ईन्द्रबहादुर बुढाथोकीले  उम्मेद्वारी दर्ता गराएका छ्न् । बुढाथोकी नेपाली काङ्ग्रेसका नेता हुन् । त्यसैगरि एमालेबाट गोपालचन्द्र बुढोथोकी, राप्रपाबाट रमेश दाहाल, मंगोल नेशनल अग्रनाईजेशनबाट किशोर धिमाल, नेकपा मालेबाट भरोसादास पौडेल, लोकतान्त्रीक समाजवादी पार्टी नेपालबाट लवनसिंह धिमाल, मौलिक जरोकिलो पार्टीबाट हिरा बाँस्तोलाले उम्मेद्वारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले बताए ।

यस्तै स्वतन्त्रबाट मेयरमा देवकुमार राई, रामकुमार बुढाथोकी, विजयकुमार अधिकारीले उम्मेद्वारी दर्ता गराएको उनले बताए । उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारी, एमालेबाट मिना पोखरेल उप्रेती,  नेकपा .एकीकृत समाजवादीबाट शारदा शर्मा घिमिरे, राप्रपाबाट सविना वजगाई, मंगोल नेशनल अग्रनाईजेशनबाट सिखा लिम्बु, लोकतान्त्रीक समाजवादी पार्टी नेपालबाट अनिता मुर्मु, मौलिक जरोकिलो पार्टीबाट सीता दुलालले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्रबाट उपमेयरमा डिल्लीराम घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा १ सय २८, महिला सदस्यमा ५९ र दलित महिला सदस्यमा ४४ जनाले उम्मेद्वारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । ७७ पदका लागि ३ सय ३८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार आसन्न बैशाख ३० गते हुने चुनावका लागि मेचीनगरमा ३ सय ३८ जनामध्ये मेयरमा १० र उपमेयरमा ८, वडाध्यक्षमा ८७ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।