भद्रपुर ।
भद्रपुरमा गिताप्रसाद भटृराईको संयोजकत्वमा नौ सदस्य स्थानिय निर्वाचन संयुक्त परिचालन समितिसमिति गठन गरेको छ ।
गठित समितिको सदस्यमा पुष्पराज पोखरेल, डिल्ली घिमिरे (हिम्मत) मोहन महर्जन, मदन बस्नेत, पुकारचन्द्र सिंह राजबंशी, नरपति लिम्बु, पदम सुब्बा, सरोज निरौला रहेका छन् ।
त्यस्तै प्रतिबद्धता मसौदा समिति प्रत्येक पार्टीबाट एक÷एक जना गरी तीन सदस्य समिति गठन भएको छ । उक्त समितिमा कृष्ण मैनाली, नरपति लिम्बु र दुर्गा भट्टराई रहेका छन् ।
त्यसैगरी निर्वाचन आचारसंहिता अक्षरस पालना गर्न कडाईका साथ लाग्न निर्वाचन आयोगको ध्यान आकर्षण तथा आग्रह गर्ने निर्णय समेत गरेको पुकारचन्द्र सिंह राजवंशीले जानकारी दिए । स्थानिय तह निर्वाचन संयुक्त परिचालन समिति भद्रपुर झापाकोे गिताप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले बिभिन्न प्रस्तावहरू माथि समेत छलफल गरेको थियो ।