झापा ।

जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी बाहुनडाँगीको प्रहरी टोलीले अवैध रुपको साखु जातको काठ पक्राउ गरेको छ । 

प्रहरी टोलीले गोप्य सुचनाको आधारमा मेचीनगर –२ आँमडागीको फर्निचर उद्योगबाट पक्राउ गरेको हो । 

मेचीनगर– ८ का प्रदिप गिरीले सञ्चालन गरेको फर्निचर उद्योगमा मे १ त २६६७ नं.को ट्रयाक्टरमा लोड गरी राखेको र अनलोड गरी राखेको सखुवा जातको गोलिया जम्मा १९४ क्युफिट फेला परेको प्रहरीले जनाएको छ । 

उक्त काठ र ट्रयाक्टर आवश्यक कारवाहीका लागि  डिभिजन बन कार्यालय चन्द्रगढी पठाइएको र ट्याकटर चालक हाल फरार रहेको जनाउँदै खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।