उदयपुर । 

उदयपुरको चौदण्डिगढी नगरपालिका–६ बरगाछी चोकबाट लागू औषधसहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरको  प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, खाली सिरिन्ज १ थान, मोबाईल फोन २ थान र नगद  ७ हजार ३७५ रुपैयाँ साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २.४३ मिलिग्राम चरेस र ५० ग्राम लागुऔषध  गाँजा बरामद गरेको थियो ।

पक्राउ परेका राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।