सुनसरी ।
सुनसरीको धरान महानगरपालिका–१९ साम्पाङ चौकबाट फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको २०७८/०९/२३ गतेको फैसालाले २ बर्ष ९ महिना १० दिन कैद र एक लाख रुपैयाँ जरीवाना भई फरार रहेका सोहि स्थानका ४६ बर्षीय यज्ञबहादुर खडकालाई प्रहरीले पक्राउ गरेको हो ।
१ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुहको प्रहरी टोलीले गाँउ घरमा नै लुलुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।