सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका–१ चतरा ४० बर्षीय सरोज खड्कासहित ११ जना घाईते भएका थिए ।
घाईतेलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो । बस, चालक बराहक्षेत्र–१ चतारा का २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।