हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका–४ नं. वडा कार्यालय वडा स्तरीय समावेशी विकास समितिले तयार पारेको पुस्तकको वडाअध्यक्ष होमप्रसाद चुडालले सार्वजनिक करण गरेका छ्न् । समितिको सभापति तथा वडा सदस्य पवित्रा सेन्चुरीको अध्यक्षता तथा वडा अध्यक्ष होमप्रसाद चुडालको प्रमुख आतिथ्यमा शनिवार भएको कार्यक्रममा समितिले तयार गरेको पुस्तक ‘समावेशी स्मारिका २०७६’ बिमोचन गरिएको हो ।
समावेशी स्मारिका सार्वजनिक करण कार्यक्रममा प्रमुख अतिथि चुडाल, वडा सदस्य गितादेवी भण्डारी, महेशलाल मेचे, पुर्व जलथल गाविस उपाध्यक्ष संतलाल मेचे, समाजिक अगुवाहरु प्रेमराज घिसिङ, नितेश शाह, सूर्य राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुस्तक तयार गर्दा परेका समस्या तथा चुनौतीका बारेमा पुस्तक स्मारिका प्रकाशन समितिका संयोजक हैकमराज घिसिङले प्रष्ट पारेका थिए । उक्त स्मारिकामा मधेसी, मुसलमान, तामाङ, लिम्बु, मगर, राई, मेचे, सन्थाल, राजवंशी, गुरुङ, नेवार, माझी, शेर्पा र दलित जातिको बारेमा जानकारी दिएको छ। त्यस्तै विभिन्न जनजाती तथा आदिबासीहरुको जन्मदेखि मृत्यु संस्कार अनि परम्परा, पर्वहरुको स्थिति समेटिएको छ। समितिका सदस्य काजीमान घिसिङले स्वागत गरेको कार्यक्रमको सहजीकरण वडासचिव जयप्रसाद पोख्रेलले गरेका थिए ।