झापा ।
झापाको मेचीनगरबाट आज (शनिवार) एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ , पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–२ काठमाडौंका ३९ बर्षीय मोहनबहादुर पाईजा मगर रहेका छन् ।
काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा उनलाई पक्राउ गरेको हो ।
मगरको साथबाट प्रहरीले २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेकामगरको थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।