मोरङ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
को.२ त २८३२ नम्वरको ट्रयाक्टरले ठक्कर दिदा घाईते भएका पैदल यात्री रतुवामाई नगरपालिका–९ का ४२ बर्षीय दिनेश भण्डारीको मृत्यु भएको हो ।
घाइते उनको तत्काल उपचारको लागि स्थानिय मदन भन्डारी अस्पताल तथा ट«मा सेन्टर मंगलवारे पुर्याउना साथ मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र चालक पथरीशनिश्चरे–२ का अमृत लिम्वुलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।