झापा ।
झापाको मेचीनगर ननगरपालिका वडा नं.१० निन्दा खोला पुलस्थित पूर्व–पश्चिम राजमागबाट लागूऔषधसहित स्कुटर र दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नं. डब्लु वि ७४ वाई ७७८२ स्कुटरलाई चेक जाँच गर्ने क्रममा स्कुटर चालक झापा मेचीनगर–६ ३२ बर्षिय निशान अधिकारी र सोही स्कुटरको पछाडी सवार भारत दार्जिलिङ थाना सिलगुढीका २७ बर्षिया हेनअरा खातुन पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स्कुटरलाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागू औषध NITROSUN-10 ९५–Pyeevon Spas plus २०८ क्याप्सुल र मोवाईल २–थान फेला परेकोले पक्राउ गरी गरिएको जनाइएको छ ।
उनीहरुलाई इप्रका धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।