झापा । 

झापाको बाह्रदशी–३ चारपाने राजगढ सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

प्रदेश२–०३–१९ प १८६४ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किई दुर्घटना भएर घाईते भएका मोटरसाईकल चालक बाह्रदशी–२ का १९ बर्षीय दिपेश बिष्टको मृत्यु भएको हो । 

घाइते बिष्टको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा  राती नै  मृत्यु भएको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।