ताप्लेजुङ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ बर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाईते भएकी सार्कीको (बिहीवार)आज बिहान मृत्यु भएको हो ।

यसरी कुटपिटबाट मृत्यु भएको खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको  प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो ।

हत्या अभियोगमा पक्राउ परेकी लिम्बुको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।