मोरङ । 

मोरङको बिराटनगर महानगरपालिका–१६ भत्केको वालबाट निषेधित लागुऔषध ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरी दुहबी नगरपालिका–६ का १७ बर्षीय बिक्की सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट र बिराटनगर–७ का २८ बर्षीय गणेश बि कको साथबाट डाईजोपाम ९ एम्पुल,  लुपिजेसिक ९ एम्पुल,  एभिल ९ एम्पुल र फेनारगन  १ एम्पुलसहित  सिमा प्रहरी चौकी रानीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

निषेधित लागू औषधसहित पक्राउ परेका दुवै जनाको बिषयमा थप ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।