सुनसरी । 

सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७  प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भएर हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएका थिए । 

ईलाका प्रहरी कार्यालय पकलीको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा नहरमा खसेको मोटरसाईकलसहित चालक रामधुनी नगरपालिका–८ का ४३ बर्षीय ध्रुवकुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

नहरमा खसि मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।