बिराटनगर ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले लागूऔषध मुद्धाका फरार ब्यक्तिलाई पक्राउ गरेको छ । सुनसरी धरान उपमहानगरपालिका–१९ का ३६ बर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरिएको हो।
लागूऔषध मुद्धमा उच्च अदालत बिराटनगरको गत २०७३ भाद्र ५ गतेको फैसला आदेशले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैयाँ जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईको खोज तलासका क्रममा प्रहरी टोलीले गाउँघरमा नै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ ।