सुनसरी । 

सुनसरीको रामधुनि–५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

पश्चिमबाट पूर्बतर्फ आउँदै गरेको को २ त ८८१८  नम्बरको ट्याक्टरमा सवार झुम्का–३ का २८ बर्षीय अर्जुन ऋषिदेब र सोहि स्थानका २७ बर्षीय जितेन सरदार गुडिरहेको ट्याकटरबाट लडेर घाईते भएका थिए । 

उपचारको लागि ऋषिदेवलाई बिराट टिचिङ अस्पताल बिराटनगर तथा सरदारलाई स्थानिय मेडिकलमा लगिएको थियो ।

ट्याक्टरबाट लडेर घाईते भएका ऋषिदेवको उपचारको क्रममा सोहि अस्पतालमा आज (बुधबार) बिहान ४ बजे मृत्यु भएको हो । चालक र ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।