मोरङ ।
मोरङको रतुवामाई नगरपालिक–९ भौडा चोकबाट लागुऔषध ट्याब्लेटसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
मे ११ प ९९२४ नम्बरको मोटरसाईकलमा आमबारीबाट उर्लावारीतर्फ जाँदै गरेका दमक नगरपालिका–९ का २० बर्षीय बिबेक घिमिरेलाई प्रहरी चौकी ईटहराको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका घिमिरेका साथबाट लागुऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स प्रहरीले बरामद गरेको थियो ।
लागू औषधसहित पक्राउ परेका घिमिरेको बिषयमा ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।