झापा । 

चुरे संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेशन नेपाल बाराको आयोजनामा प्रथम राष्ट्रिय सम्मेलन तथा दुईदिने प्रशिक्षण कार्यक्रम निजगढमा शुरु भएको छ । 

अभिनेता निखिल उप्रेती र किर्तिमान खेलाडी दिपक बिष्टलाई सद्भावना दुत नियुक्ति गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउतले मंगलवार कार्यक्रमको उद्घाटन गरेका हुन् । 

प्रथम राष्ट्रिय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम बैशाख ६ र ७ गते हुनेछ ।  २१ जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु बिभाग महानिर्देशक डा. रामचन्द्र कडेलले सहजीकरण गर्ने झापा सचिव अग्नि दाहालले जानकारी दिए । झापाबाट  चुरे संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेशन नेपाल झापाका अध्यक्ष मदन खड्का र सचिव अग्नि दाहाल सहभागी रहेका छन् । 

अभियान प्रस्तावक तथा संयाजक  युवराज लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत संस्थाका मधेश अध्यक्ष बिष्णु शाहले गरेका थिए । कार्यक्रमको सञ्चालन बारा उपाध्यक्ष मोहन शर्माले गरेका थिए ।