पाँचथर । 

पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाट स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० बर्षीय हरी राई मृत अवस्थामा फेला परेका छन् ।

बैशाख २ गते दिउँसो साथीहरुसँग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबेर बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा शव फेला परेको हो ।

मृतक राई स्वच्छन्द निर्णण सेवा प्रालिले निर्माण गर्दै गरेको कुम्मायकद्द५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर–तेह्थुम जोड्ने निर्माणाधिन पुलका कामदार हुन् ।  घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।