मोरङ ।
मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टको ठक्करबाट बृद्धको मृत्यु भएको छ ।
समयमा प्रदेश १–०२–००३ त ८२० नम्वरको ट्रयाक्टरले पैदल यात्री लेटाङ–५ का ८१ बर्षीय मानबहादुर राईलाई ठक्कर दिदा घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ–५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।