झापा । 

झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका–८ स्थित नवदुर्गा सुनचाँदी पसल सञ्चालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका–७ तेह्रथुम घर भई विर्तामोड–८ स्थितमा अटो टेम्पो ग्यारेज सञ्चालन गरेर वसेका २७ बर्षीय धनबीर बराल रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको  प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।