झापा ।
झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका– ८ स्थित नवदुर्गा सुनचाँदी पसल संचालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका–७ तेह्रथुम घर भई विर्तामोड–८ स्थितमा अटो टेम्पो ग्यारेज संचालन गरी वसेका २७ बर्षीय धनबीर बराल रहेका छन् । सोमबार (आज) दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।