पाँचथर । 

घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा स्थानीय मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी आज बिहान ८ बजे शुभसाईतमा पुजा गर्ने क्रममा पुजारी स्थानीय ६५ बर्षीय गोपाल ढुङगानालाई माटोको ढिस्कोले पुरेको थियो ।

माटोमा पुरिएका ढुङगानालाई जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले स्थानीयवासी समेतको  सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।