बिर्तामोड ।
कोरोना कहरका कारण अस्तब्यस्त भएको होटल ब्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा प्रथम बिर्तामोड फुड फेस्टिबल महोत्सव हुने भएको छ ।
होटल ब्यवसायी संघ झापाको आयोजनामा वैशाख ७ गतेबाट २१ गतेसम्म महोत्सव आयोजना गरिने भएको हो । महोत्सवमा मौलिक परम्परा र परिकारलाई प्रथमिकता दिइने अध्यक्ष इन्दिरा श्रष्ठले जानकारी दिइन् । महोत्सवमा ५० वटा स्टलहरु रहने, जिल्लाका विभिन्न स्थानबाट होटल ब्यवसायीहरुले सहभागिता जनाउने, सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको थियो ।
२५ लाख रुपैंयाको लागतमा महोत्सवको आयोजना गरिएको र विभिन्न क्षेत्रबाट प्रयोजन गर्नेहरु रहेको महोत्सवको अवधिभरमा २५ हजारबढीले अवलोकन गर्ने अपेक्षा राखिएको जनाइएको छ ।
महोत्सवमा विभिन्न जातजातिका पहिचान झल्कने भेषभूषसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ । होटल व्यवसायीहरुको व्यपार ब्यवसाय पैर्वद्धनका लागि विभिन्न परिकारहरुको प्रर्दशनी गरिने, बाल मनोरञ्जनका खेलहरु राखिने तथा राष्ट्रिय स्तरका कलाकारहरुको समेत दैनिक विभिन्न प्रस्तुतिहरु रहने छ ।
महोत्सवबाट संकलन भएको रकम होटल ब्यवसायको प्रर्वद्धनमा खर्च गरिने जनाइएको छ ।