मोरङ । 

मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका–७ बाट अबैध रुपमा भन्सार छली  चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको १५ लाख १ हजार ७ सय मुल्य बरावरको सामान बरामद गरेको हो ।

बरामद गरेको सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ भने बिराटनगर–१६ स्थितबाट ४ लाख ९ हजार  बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

तस्वीर गुगलबाट