झापा । 

झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको  प्रहरी टोलीले शनिवार दिउँसो ३ जनालाई लागू औषधसहित पक्राउ गरेको हो ।

मे ५  प ५६५ नम्बरको स्कुटरमा भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका–२ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको थियो ।

यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका–५ का २२ बर्षीय राजेश गुरुङ लागू औषध ट्याब्लेटसहित पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।